Sajhamanch Archive

सिम्रिकको शैक्षिक सामग्री सरस्वती माविका विद्यार्थीलाई

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, सहकारी, स्थानीय तह by .

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ ।

वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी संस्थाले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्कूल ब्याग, २१५ थान टाई र २२० थान बेल्ट प्रदान गरेको हो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यमा हल्दिबारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष देवीप्रसाद थापा, गाउँपालिका शिक्षा शाखा प्रमुख जनककुमारी राईसहितको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, सचिव ईन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख प्रेम बस्नेतलगायतले संस्थाको तर्फबाट वितरण गर्न लगिएको सामग्री हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष लिङ्देनले सिम्रिक सहकारीलाई शैक्षिक सामग्रीका प्रदान गरेकोमा विशेष धन्यवाद दिँदै सरकारले मात्र नभई हरेक क्षेत्रबाट शैक्षिक गुणस्तर सुधारका लागि यसरी नै हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयहरुलाई गाउँपालिकाले सदैव साथ सहयोग गर्ने र गरिरहेको बताउँदै पालिका अध्यक्ष लिङ्देनले सहकारीबाट पनि शैक्षिक सामग्री प्रदान गरेर काममा हौसला भरेकोमा धन्यवाद दिएका थिए ।

सो कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईले शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिक साकोस सदैव साथमा रहेको र विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक एवम् शिक्षकहरुको भूमिकासमेत उत्तिकै महत्वपूर्ण हुुनुपर्ने सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *