Sajhamanch Archive

आज जैविक विविधता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार, समाज by .

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ।

संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ।

जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवन-चक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ।

जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघरसंघठनका तर्फबाट हाइकिङ, र्‍याली, गोष्ठी, अन्तर्क्रिया लगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *