कमल गाउँपालिकाले सुरु गर्यो कुष्ठरोगीको खोजी कार्य
Published:
by .कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो ।
कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान ८ बजेदेखि स्वास्थ्यकर्मीहरु घरघरमा गई खोज जाँच पड्ताल गरिरहेका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका हुन् ।
गाउँपालिकाबाट खटिएका तालिमप्राप्त १० जना स्वास्थ्यकर्मीको टोलीले आगामी जेठ १२ गतेसम्म गाउँपालिकाका हरेक टोलटोलमा पुगेर कुष्ठरोगीको खोजी गर्ने प्रमुख अर्यालले बताएका हुन् ।
कुष्ठरोग खोजकार्यका लागिे नेपाल कुष्ठरोग संगती झापा, एनएलफ, अष्ट्रेलियन एड, दि ल्याप्रोसी मिसनबाट समन्वय भएको स्वस्थ्य शाखाले जनाएको छ ।
Comments