Sajhamanch Archive

अर्जुनधाराका किसानलाई वडाले दियो धानको विउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ ।

उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो ।

साना किसान कृषि सहकारी संस्थाको अगुवाई र व्यवस्थापनमा र वडा कार्यालयहरुको अनुदान रकमले ११ दिनसम्म धानको विउ वितरण भएको हो । कृषकलाई सम्भा मन्सुली, रंजित, रामधान धानको विउ १० केजीका दरले वितरण गरिएको सहकारी संस्थाका मुख्य प्रबन्धक गोपीकृष्ण लुइटेलले जानकारी दिए ।

हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा वडा कार्यालय र सहकारीले किसानलाई उन्नत जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धानको उत्पादन बढी हुने र खाना पनि मिठो हुने भएकाले किसानहरु आकर्षित भएका सहकारीका अध्यक्ष कृष्णप्रसाद दंगालले बताए ।

सयौं किसानलाई निशुल्करुपमा धानको विउ वितरण गरिएको अध्यक्ष दंगालले जनाए । उन्नत जातको धान वितरण कार्यले किसानलाई केही राहत पुगेको र भविष्यमा पनि कृषिमैत्री कार्यक्रमलाई जोड दिने अर्जुनधारा–३ का वडाअध्यक्ष सिताराम भट्टराईले सुनाए ।

अर्जुनधारा वडा नं. २ मा पनि कृषकलाई उन्नत जातको धानको बीउ वितरण पनि सँगसँगै सम्पन्न भएको छ । संस्थाको सहजीकरण र व्यवस्थापनमा रामधान, सम्भा मन्सुली, रन्जित धानको विऊ सयौं घरधुरी कृषकलाई वितरण गरिीएको सहकारी संस्थाका अध्यक्ष कृष्ण दंगालको भनाई छ ।

आव २०७९÷०८० को विनियोजित ४ लाख रुपैयाँको बजेट अन्तर्गत विभिन्न जातका धानको बिउ कृषकलाई वितरण गरिएको जनाइएको छ । प्रतिकठ्ठा १ केजीका दरले कृषकले माग गरेअनुरुप बिउ उपलब्ध गराइएको अर्जुनधारा नगरपालिका वडा नं. २ का अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए । उन्नत जातको बिउ वितरण कार्यक्रमलाई वडाले आगामी वर्ष प्राथमिकतामा राखेँर काम गर्ने वडाध्यक्ष श्रेष्ठले योजना सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *