चन्द्रगढीमा साँगीतिक महोत्सव गरिँदै
Published:
by .भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ ।
जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ २८ गतेबाट मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्न लागेको हो ।
महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध खेलदेखि राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा दैनिक साँगीतिक प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
महोत्सव आयोजक समितिका उपाध्यक्ष भुपाल कार्कीका अनुसार पहिलो चरणमा १३ दिनसम्म चल्ने महोत्सवमा प्रशासनले स्वीकृति दिएमा तोकिएको मापदण्डको पूर्ण पालना गर्दै मेला चल्नेछ । उनका अनुसार मेलाबाट उठेको रकम फुटबल खेलको विकास र सहयोगका लागि खर्च गर्न चन्द्रगढी भेट्रान्स क्लबले कोषका रूपमा राख्ने छ ।
Comments