महिला इमर्जिङ टिम्स कपमा नेपालले आज भारतसँग खेल्दै
Published:
by .काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ए सँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो ।
नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो ।
यू-१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत-ए मा युवा खेलाडीहरुको बाहुल्य छ ।
नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।
Comments