बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने
Published:
by .विराटनगर । कोशी प्रदेश सकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख र घाइतको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रूपैयाँका दरले उपचार खर्च राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश १ स्थित पूर्वी पहाडी जिल्लामा भएको भारी वर्षाले जनधनको क्षति भएको छ ।
यस्तै, प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि गठन गरेको वार्ता समितिलाई प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले बताए ।
Comments