Sajhamanch Archive

५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहर बनाउनेसम्म बालेनको योजना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by .

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार राष्ट्रिय सभा गृहमा महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनको नीति तथा कार्यक्रममा कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्नेदेखि सांस्कृतिक सहरसम्मका कुराहरु समावेश छन्।

महानगरपालिकाको दीर्घकालीन सोच, सांस्कृतिक सहर, समृद्ध महानगु लाई केन्द्रमा राखेर सफा, सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुबानरहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने भनिएको छ।

त्यस्तै महानगरले कम्तीमा ५ हजार नयाँ रोजगारीको सिर्जना गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *