Sajhamanch Archive

प्रादेशिक अस्पतालको नयाँ भवन गुणस्तरहीन भएकोमा माओवादीको आपत्ति

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by .

भद्रपुर । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन हुँदा पनि हस्तान्तरण प्रकृयामा लगिएको भन्दै नेकपा माओवादी केन्द्र भद्रपुरले आपत्ति जनाएको छ ।

केन्द्रले अस्पताल परिसरमा शनिबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य उपचार गर्न आउने भवन हचुवा र लापरवाहीले निर्मित हुँदा गुणस्तरहीन काम भएको अवस्था मै अस्पताल विकास समितिले जेठ २२ गते हस्तान्तरण स्वीकारेको भन्दै आपत्ति जनाइएको हो ।

अस्पतालको नयाँ भवनको २०८० बैशाख ३१ गते अनुगमन गर्दा भवन कमसल बनेको, छतमा जताततै चर्किएको, फुटेको कारण पानी चुहिने अवस्था देखिएको जानकारी तत्कालीन प्रदेश स्वास्थ्यमन्त्री निर्मला लिम्बू, स्वास्थ्य सचिव डा. सुधा देवकेटा, संघीय सांसद निशा डाँगी र प्रदेशसभाका पूर्व सांसद बसन्त बानियाँसहित भद्रपुर नगर प्रमुख गणेश पोखरेललाई राखेर निर्माण गुणस्तरको अवगत गराई अनुगमन विवरण बुझाएको भए पनि सुनवाई नभएको माओवादी केन्द्र भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीले जानकारी दिएका हुन् ।

अध्यक्ष राजभण्डारीले अस्पताल विकास समितिका अध्यक्ष, सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका प्रमुख र संम्बन्धित प्राविधिकहरूको लापरवाहीको फाइदा लिँदै ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै कारवाहीको मागसमेत गरेका छन् । उनले दक्ष र विश्वासिला प्राविधिक ल्याएर भवन पुनःनिर्माण हुनुपर्ने माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *