Sajhamanch Archive

फोहरमैला व्यवस्थापनका लागि काठमाडौँ महानगरले छुट्यायो सात करोड

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरेको छ।

आज राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा सो रकम विनियोजन गरेको हो।

कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको छ।

वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि एक अर्ब ७६ करोड विनियोजना गरिएको छ।

बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि १० करोड बिनियोजन गरिएको छ। रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जव लिंक एप’ प्रयोगमा ल्याएने बजेटमा उल्लेख छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *