Sajhamanch Archive

बैङ्कको दुर्व्यहारबिरुद्द इटहरी बजार बन्द

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

इटहरी । ऋणको ब्याज असुल गर्ने क्रममा ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियारसहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा सोमबार इटहरी बजार बन्द आह्वान गरिएको छ। उद्योग वाणिज्य सङ्घको आह्वानमा गरिएको बजार बन्दले विहानैदेखि विभिन्न खाले पसलहरु बन्द भएका छन्।

इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा बजार बन्द गरिएको हो। बैङ्कको आतङ्कबिरुद्द बिहान ८ बजे बजार परिक्रममा गरेर कोणसभा गरियो। साथै, बजार बन्द आह्वान गर्न बिहानैदेखि माइकिङ् गरिएको छ। बजार बन्द गर्न माइकिङ् गर्ने क्रममा बैङ्कद्दारा अभद्र र अमानवीय व्यवहार गरिएकाले बन्द गरेर विरोध गर्नुपरेको भनेर गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *