Sajhamanch Archive

नागरिकता लिन भोकभोकै लाइनमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by .

विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् ।

नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् ।

धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । घरबाट एक घण्टा साइकल कुदाएर प्रशासन कार्यालयमा आएको बताउँदै उनले भने, ‘बिहानैदेखि बसेको छु, भात खाएको छैन, नागरिकता बनाएपछि खाना खान जाने ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक अनुसार सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयहरुले नागरिकता वितरण सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार पहिलो दिन १२८ जनालाई नागरिकता वितरण गरेको जनाएको छ । नागरिकता वितरणका लागि कोठा नम्बर १६ छुट्याइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *