ओली भन्छन् : ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला
Published:
by .काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए ।
धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको । अलिक दिन त्यसले पनि मार्केट पायो ।’
अलिक पछि त्यो सुन नै नचढाएको भन्ने थाहा भएको उनले बताए । एमाले अध्यक्ष ओलीले अगाडि भने, ‘अलिक पछि ११ किलो सुन कहाँ गयो भन्ने थाहा भयो होला तौलिएपछि । यो मेरो विषय हो र तपाईहरुले मलाई सोधेको ?
पशुपतिनाथमा सुनको जलहरी निर्माणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा १० असारमा जलहरीको तौल र गुणस्तर मापन गरिएको थियो ।
Comments