नारायणगढ मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा
Published:
by .चितवन । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका(५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
Comments