रास्वपाले गठन गर्यो सामाजिक कार्यमा खटिने द्रुत कार्य टोली
Published:
by .काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।
सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना ९साजन शर्मा०को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्याउन सकिने रास्वपाले जनाएको छ ।
आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ ९विष्णु पुरूष० छन् ।
उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।
रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाल बताउँछन् ।
दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि आएटी परिचालन हुने भएको छ । ‘आपत विपतमा परेका जनतालाई उद्धार गर्ने, आवश्यक सहयोग पुर्याउने कामका लागि हामी खटिन्छौं,’ केन्द्रीय आएटीका संयोजक साजन शर्माले भने, ‘प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने हाम्रो काम हो ।’
Comments