Sajhamanch Archive

नवोदयमा छानिए साधारणसभाका प्रतिनिधि

Published: (Updated: ) in सहकारी by .

कमल । झापाको कमल गाउँपालिकामा मुख्य कार्यलय रहेर जिल्लाभर कार्यक्षेत्र भएको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आगामी मंसीर ९ गते गर्ने साधारणसभाका लागि आज प्रतिनिधि छनौट गरेको छ ।

मंसीर ९ का लागि निर्धारित संस्थाको २०औं वार्षिक साधारणसभाको लागि प्रतिनिधि छनौट गरिएको हो । सहकारी मापदण्ड २०६८ मा व्यवस्था भए अनुसार र संस्थाको विनियम २०५५ शंसोधनसहितको दफा १९ “क” वमोजिम साधारणसभामा १० शेयर सदस्य बराबर १ प्रतिनिधि छनोट गरिएको अध्यक्ष दिलिपकुमार चापागाईंले बताएका हुन् ।

लघुवित्त तर्फका सदस्यहरुको प्रतिनिधि छनौटको कार्य सम्बन्धित केन्द्रहरुबाट गरिएको र सहकारी तर्फका सदस्यहरुका बिच आज प्रतिनिधि छनौट गरिएको अध्यक्ष चापागाईले बताए ।

संस्थाले आज केर्खा, दूधे, दमकलगायतका स्थानमा केन्द्र बनाएर प्रतिनिधि छनौट गरेको हो । १०ः१ को अनुपातमा प्रतिनिधि छनोट गर्ने प्रावधानअनुसार एक हजार २०० जना प्रतिनिधि छनोट भई साधारणसभामा प्रतिनिधित्व गर्ने संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *