Sajhamanch Archive

देउसीभैलोबाट संकलित रकमले समाजका लागि भाँडाकुँडा खरिद

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा पर्ने खोपबाडी टोलका २९ घरपरिवारले तिहारमा देउसी भैलो खेलेर संकलित रकम सामाजिक काममा लगाएका छन् ।

लालीगुराँस समाज नामक संस्थाका गठन गरेका स्थानीयले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट खर्च कटाई गाउँ समाजमा गरिने विवाह, ब्रतबन्ध अथवा काजकिरियामा आवश्यक पर्ने समान खरिद गरेको सचिव गुडिया लिम्बूले जानकारी दिएकी हुन् ।

दिलबहादुर मगरको संयोजकत्वमा गठित समाजको उपाध्यक्ष धनबहादुर राई तथा कोषाध्यक्ष मुना लिम्बु रहेको सचिव लिम्बूले बताएकी छन् ।

लालीगुराँस समाजको गठन नगर्दै पनि गतवर्ष देउसी खेलेर संकलित रकमबाट साउण्ड सिस्टम, प्लेट, कुर्सी भाँडाहरु खरिद गरिएको थियो भने यो वर्ष पनि सामाजिक कामका लागि आवश्यक पर्ने कुर्सी, प्लेट, चम्चा, गिलास, भाँडा, टेवल, ग्यास चुल्हो किनेको खचिव लिम्बूले साझामञ्चलाई जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *