बिर्तामोडमा फ्लेक्स ब्यानरबाट झोला बनाउने तालिम
Published:
by .बिर्तामोड । स्यालडाँगी घण्टीबारी टोल विकास संस्था र वातावरण संरक्षण मञ्च नेपाल (इसिएफ)को आयोजनामा प्रयोग भइसकेको ब्यानरबाट ब्याग बनाउने तालिम प्रदान गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित स्यालडाँगी घण्टीबारी टोल विकास संस्थाको कार्यालयमा भएको तालिममा बिर्तामोड नगरपालिका ६ का वडा सदस्य एनविन्द्र खत्री, स्थानीय समाजसेवी भवेसलाल कर्ण र मित्रबहादुर विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । स्यालडाँगी घण्टीबारी टोल विकास संस्थाका अध्यक्ष विरेन मेचेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तालिममा बिर्तामोड ६ का महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण मञ्चका अध्यक्ष हैकम घिसिङले गरेका थिए ।
पोली भिनायल क्लोराइडबाट बनेको ब्यानर एकपटक प्रयोग भएपछि फयाँकिने र बालेमा अत्यन्तैे हानिकारक ग्यास निस्कने भएकाले यसको पुनः प्रयोग गरेर झोला बनाएमा अन्य पोलिइथिलिन झोलाहरुलाई निरुत्साहित गरी आय आर्जनसमेत गर्न सकिने र फोहोरमैला व्यवस्थापनमा पनि टेवा पुग्ने भएकाले यस्तो तालिम दिइएको इसिएफका अध्यक्ष घिसिङले बताए ।
Comments