कमलनगर जेसीज सप्ताहमा योग शिविर
Published:
by .कमल । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी आधारभूत विद्यालयमा सञ्चालित पाँच दिने योग शिविर आज सम्पन्न भएको छ ।
कमलनगर जेसीजको सप्ताह कार्यक्रमअन्तगत योग शिविरमा आयोजना गरिएको हो । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा पतञ्जली योग इकाइको व्यवस्थानमा शिविर सञ्चालन गरिएको थियो ।
कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले दिएको जानकारी अनुसार शिविरमा आहार, विहार, खानपान, जीवनशैली, योग, प्राणायम, आसनलगायत सिकाइएको थियो ।
शिविरमा पतञ्जली योग झापा जिल्ला युवा प्रभारी बाबुराम बस्नेत, महिला अध्यक्ष प्रेमकला निरौलालगायतले योग प्रशिक्षण दिएका कमलनगर जेसीज वर्ष २०१८ का उपाध्यक्ष तिलरुपा दहालले बताइन् ।
शिविरमा नियमित योग प्रशिक्षण दिनका लागि धनबहादुर मगरको संयोजकत्वमा वडानम्बर १ स्तरीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा चूडामणि मगर, कल्पना संग्रौला, सूर्यबहादुर खड्का र निरुता लिम्बू रहेका छन् । आज पहिलो दिनको शिविरमा सयजना भन्दा बढीको सहभागी रहेको थियो ।
Comments