Sajhamanch Archive

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली (सूचीसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । साेही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुकाे नामावली सार्वजनिक गरिएको हाे ।

सचिवालय बैठककाे भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ। सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।

महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।

योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।

अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।
[embeddoc url=”http://sajhamanch.com/wp-content/uploads/2018/12/Nepal-communist-party-all-pradesh-committee.pdf” download=”all”]

Nepal communist party all pradesh committee

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *