Sajhamanch Archive

महिला हिंसा विरुद्ध कनकाईमा प्रदर्शन

Published: (Updated: ) in राजनीति by .

कनकाई । नेपाली कांग्रेस महिला संघ कनकाई नगर समितिको आयोजनामा लैङ्गिक हिंसा विरोधी कार्यक्रम गरिएको छ । लैंगिक हिसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सेरोफेरोमा कार्यक्रम गरिएको हो ।

हरेक वर्ष नोभेम्बर २५ बाट सुरु भई डिसेम्बर १० सम्म १६ दिन यो अभियान विश्वभर चलाइन्छ । यही अवसरमा लैङ्गिक हिंसालाई अन्त्य गर्न स्थानीयदेखि संघीय सरकार समेतलाई चेतावनी दिन मंगलवार कनकाई नगरपालिकाको सुरुङ्गामा कार्यक्रम गरिएको हो । कञ्चनपुरकी नाबालक निर्मला पन्तको हत्यारालाई संरक्षण गरेकोमा आपत्ती जनाउँदै महिला संघ कनकाई नगर समितिले यस्तो कार्यक्रम गरेको हो ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौं, बलात्कारी संरक्षण गर्नेलाई कारबाही गर, नालायक गृहमन्त्री राजीनामा गर, घरेलु तथा हिंसा प्रभावितहरुको संरक्षण र पुनस्र्थपनाका एकीकृत कार्यक्रमको व्यवस्था गरजस्ता नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

नेपाल महिला संघ कनकाई नगर सभापति भागिरथा चापागाईको अध्यक्षता तथा महिला संघ झापा जिल्ला सभापति शुसिला ढकालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगर सचिव मान्ता खरेलले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *