Sajhamanch Archive

डेढ वर्षसम्म पनि सडक बनेन, बन्यो एकै दिनमा सरोकार समिति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । कमल गाउँपालिकाको केर्खाबजार–क्याम्पाबजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माण गर्ने भनी भत्काएको एक वर्षभन्दा बढी समय बितिसक्ता पनि काम सम्पन्न नगर्दा उडेको धुलोका कारण हैरान भएका बासिन्दा भेलाभई आज सडक निर्माण सरोकार समिति गठन गरेका छन् ।

रामचन्द्र बरालको संयोजकत्वमा गठित २१ सदस्यीय सरोकार समितिले सडक निर्माणका लागि ठेक्का लिएको कम्पनी र गाउँपालिकालाई एकसाथ राखेर छलफल गर्ने निश्कर्ष पनि निकालेको छ ।

सडक निर्माणको ठेक्कादारले स्थानीयबासीको स्वास्थ्यमा खेलबाड गरिरहँदा स्थानीय सरकार मुकदर्शक बनेको ठहर गर्दै सरोकार समितिले सडक निर्माणका लागि दवाब दिन यसो गरिएको बताएको छ ।

गाउँपालिकाको समेत सहयोग लिएर सडक निर्माणको काममा सहजता ल्याउने समितिको काम हुनेछ तर दुवै निकायले सडक निर्माणलाई फेरि पनि बेवास्ता गरेमा साइकलसमेत सडकमा चल्न नदिने गरी बन्द हड्ताल गर्न समिति बाध्य हुने सरोकार समितिका संयोजक बरालले चेतावनी दिए ।

बनाउने भन्दै ठेकेदारले सडक भत्काएर झन् यात्रा गर्न असहज पारेका कारण दूर्घटना बढ्नुका साथै आवतजावतमा धेरै असहज भएको छ ।

कालोपत्रे सडक निर्माण गर्ने ठेक्का सम्झौता भएको १८ महिना बितिसक्दा पनि कुनै काम नभएको भन्दै समितिका संयोजक बरालले भने, भइरहेको कालोपत्रे सडक स्काभेटर लगाएर भत्काएका कारण सो क्षेत्रबाट यात्रा गर्न पूरै असहज हुने गरेको छ । सडक निर्माणको जिम्मा रोशन–शाहा इन्जिनियरिङ्ग जेभील लिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *