बालक अपहरणको अभियोगमा गौरीगञ्जका तीन प्रहरी हिरासतमा
Published:
by .भद्रपुर । झापाका तीन मानिसले अपहरण गरेको भारतीय बालकलाई झापा प्रहरीले सकुशल अपहरणमसक्त गरेको छ । बालकको अपहरण गरी फिरौती रकम माग्ने ती तीन आरोपीलाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी गौरीगंज गाउँपालिका वडा नं. ६ का बद्री यादव, सोही गाउँपालिका वडा नं. ४ का बिट्टु मल्हा र उनकी श्रीमती अञ्जु मुखियालाई सर्वजनिक गरेको हो ।
झापाका प्रहरी प्रवक्ता नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भारतको बिहार राज्यस्थित सुपौल जिल्ला किसनपुरका मोहम्मद सद्दामका ७ वर्षीय छोरा मैफुज आलमलाई उनीहरुले भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए ।
गत मंसीर २० गते बिहीबार घर नजिकै खेल्दै गरेको अवस्थामा चकलेट दिई बालक आलमलाई मोटरसाइकलमा चढाएर भारतीयकै सहयोगमा नेपाल ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
अपहरण गरी नेपाल ल्याएका ती बालकलाई अपहरणकारीले गौरीगंजका बिट्टुको घरमा दुई दिन राखेर फिरौतीका लागि बालकका परिवारसित बार्गेनिङ गरिरहेका थिए ।
अपहरणकारीले ती बालकलाई गौरीगञ्जबाट मंसीर २२ गतेदेखि दमकस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाई राखेर पीडितका परिवारसँग भारतीय १५ लाख रुपैयाँ फिरौती मागेको बालकका बाबुको भनाई छ ।
नेपालमा बालक अपहरणमा परेको पीडित परिवारले भारतीय प्रहरीमा उजुरी दिएपछि नेपाल प्रहरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
Comments