स्प्रीङडेलका विद्यार्थीहरुले सयौंलाई शैक्षिक सीप चखाए
Published: (Updated: )
by .बिर्तामोड । यहाँस्थित स्प्रीङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टमा आज विन्टर फुड एण्ड फन फेट्ससहित अभिभावक भेला सम्पन्न गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटैलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको विन्टर फुड एण्ड फन फेट्समा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहभागी अभिभावक तथा अतिथिहरुलाई विभिन्न परिकार बनाएर खुवाएका छन् ।
कार्यक्रमको उद्घाटन पछि मन्तब्य राख्दै प्रमुख अतिथि सिटौलाले होटल मेनेजमेन्ट सम्बन्धी पठनपाठन हुने बिर्तामोडकै पहिलो शैक्षिक प्रतिष्ठान भएकाले यसले नयाँ र जीवनोपयोगी कोर्षहरु गराउनु पर्ने सुझाव दिए । आजको समयमा होटल मेनेजमेन्ट कोर्ष समय सापेक्ष रहेको भन्दै वडाध्यक्ष सिटौलाले स्वदेश मै रोजगारीको अवसर ल्याउने यस्ता कलेजलाई वडाको तर्फबाट सहयोग गर्न आफू प्रतिवद्ध रहेको आश्वासन दिए ।
सो फाउण्डेसनमा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका हुन् । स्प्रीङडेलमा होटल मेनेजमेन्ट विषयमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रोफेसनल डिप्लोमा गराइन्छ ।
कलेजका सञ्चालक निरज श्रेष्ठका अनुसार स्प्रीङडेलमा होटल मेनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई १ वर्षको कोर्ष गराइन्छ र इन्टर्नसिप पोग्रामको लागि विदेशका नामी होटलहरुमा पठाउने गरिएको छ । गत पाँच वर्षदेखि सञ्चालनमा रहेको स्प्रीङडेलमा विदेशमा काम गर्न जान चाहने युवालाई लक्षित गरी कुक, वेटर, हाउस किपीङ जस्ता ३ महिने कोर्षहरु पनि गराउँदै आएको सञ्चालक श्रेष्ठको भनाई छ ।
कलेजका अर्का सञ्चालक रोहित ओझाले निरन्तररुपमा व्यावसायिक कोर्षहरु गराएर विद्यार्थीलाई दक्ष र सशक्त बनाउन अझ नयाँ तथा वृहत तरिकाले कार्यक्रम ल्याउने योजना सुनाएका छन् । स्प्रीङडेलमा अध्ययन गर्दै आएका इच्छुक तथा जेहेन्दार विद्यार्थीहरुका लागि विभिन्न होटलहरुमा काम गर्ने अवसर मिलाइएको पनि सञ्चालक ओझाले बताएका छन् ।
Comments