मेघालयकी हेरोलिनलाई मिस कोच इन्टरनेशनल २०१८ को उपाधि
Published:
by .झापा । यशोदा फुड्स मिस कोच इन्टरनेशनल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् ।
‘तिम्रो लागि तिम्रो करियर महत्वपूर्ण हो कि, तिम्रो परिवार ?’ भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र परिवार दुवै मेरा लागि महत्वपूर्ण हुन् । तर परिवारको सपोर्टको लागि करियर पनि महत्वपूर्ण छ’ भनी उत्तर दिएकी थिइन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि भारतको उत्तर बंगालकी प्रतिमा सिंहले र सेकेन्ड रनरअपको उपाधि झापाको धुलाबारीकी सोनाली राजवंशीले जितेकी छन् ।
ताज जितेकी सदापले नगद एक लाख रुपैयाँ, फस्ट रनरअप सिंहले ५० हजार रुपैयाँ र सेकेण्ड रनरअप राजवंशीले २५ हजार नगद प्राप्त गरे । उनीहरु तीनैजनाले एक–एकवटा मोबाइल सेट, होटल मेनेजमेन्ट अध्ययन गर्ने अवसर र अन्य विभिन्न पुरस्कारहरु हात पारेका छन् ।
झापा मिडिया हाउसको आयोजनामा सम्पन्न प्रतियोगितामा झापा, मोरङ, भारतको उत्तरबंगाल, मेघालय र असमका गरी १७ जना युवतीहरु सहभागी रहेका सिईओ योगेश राजवंशीले बताए ।
Comments