क्रिसमस पर्वसँग जोडिएका केही मिथकहरु
Published:
by .अर्जुनधारा । इसाई धर्मावलम्बीहरुले मुख्य पर्व जिसस क्राइस्टको जन्म दिन धुमधामका साथ ‘क्रिसमस डे’ मनाउने भएका छन् ।
हरेक वर्ष डिसेम्बर २५ लाई क्रिसमस डे का रुपमा मनाउने चलन छ । इसाई धर्मावलम्बीहरुले यो वर्ष भोलि मंगलबार आफ्ना आदर्श व्यक्तिको स्मरणमा विविध कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने भएका हुन् ।
इसाई धर्मका अनुयायीहरू सौहार्द्रता तथा खुशियालीको चाड क्रिसमसलाई माया साटासाटसँगै प्रभू येशुको जन्मदिन मनाउँछन् । उनको सम्झनामा अर्जुनधारामा पनि नगरस्तरीय समिति बनाएर विविध कार्यक्रम आयोजना गरिएको संयोजक प्रकाश रसाइलीले जानकारी दिएका छन् ।
हिउँद, हिउँ अनि चिसो सिरेटोबीचको क्रिसमस पर्वका धेरै पाटाहरु हिउँसँग जोडिएका छन् । विभिन्न प्राचीन युरोपियन दस्तावेजका अनुसार क्राइस्ट धर्तीमा आउनपूर्व पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ ।
समयसँगै डिसेम्बर २५ को दिनलाई क्रिसमस डेका रुपमा मनाउन थालिएको क्रिश्चियन धमावलम्बी अगुवा महिला तथा एजीपवित्र आर्धना कप्तानबारीकी संयोजक तारा राई सुनाउँछिन्। संसारभरिनै उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाउने कार्यक्रम रहेको राईको भनाई छ ।
नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउने र आँगनमा धुनी बालेर यो पर्व मनाउने प्रचलन पनि कतैकतै पाइएको छ ।
क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको साधुले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ ।
क्रिसमस डे का दिन सान्टा क्लसको प्रतिक्षामा धेरै केटाकेटीहरु राति अबेरसम्म सुत्दैनन् । कोही कोही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँडदै, साँट्दै हिंड्ने। नाकको ठाउँमा गाँजर, रातो मफलर र अँग्रेजी ह्याट पहरिएको हिउँ जम्मा पारेर बनाएको बलु विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छ । त्यस बाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन पनि रहेको पाइन्छ ।
Comments