आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता छ : प्रधानमन्त्री ओली
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुखआधार हुन् भनेका छन् । क्रिश्चियन धर्मावलम्बीहरुको पर्व क्रिसमस डेका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् ।
वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा स्मरण गराएका छन् ।
“सनातन कालदेखि बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्बन गर्नेहरुले आ–आफ्नो आस्थाअनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले क्रिसमस डे का अवसरमा क्रिस्चियन धर्मावलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख,समृद्धि र सुस्वास्थ्य तथा दीर्घ जीवनको कमना गरेका छन् ।
Comments