मानव बेचबिखनको बदलिँदो अवस्था बारे झापामा बहस
Published:
by .भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानव बेचविखन र महिला हिंसालाई न्यूनीकरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने औंल्याएका छन् ।
जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आज (शुक्रबार) नारी एकता समूह बिर्तामोडद्वारा आयोजित ‘झापामा मानव बेचबिखनको बदलिँदो अवस्था र पहल गर्नुपर्ने कामहरु’ सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ दाहालले यस्तो धारणा राखेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले बेचविखनमा परेका र घरेलु हिंसामा परेका महिलाको तत्काल गरिने उपचार र कानुनी उपचारको अधिकार संरक्षण गर्न एउटा सुरक्षित आवासगृहको आवश्यकता पर्ने भएकाले त्यसको लागि झापाका सबै स्थानीय सरकारको साझा कार्यक्रम बन्नुपर्ने बताइन् । उनले सो कार्यक्रममा बिर्तामोड नगरले आप्mनो दायित्व पूरा गर्ने पनि बचन प्रकट गरिन् ।
झापाका प्रहरी प्रमुख भीमप्रपाद ढकालले मानव बेचबिखन र घरेलु हिंसालाई सहयोग गर्ने मदिरा, लागू औषध र साइवरबाट हुने अपराधजन्य क्रियाकपलाई नियन्त्रण गर्न झापा प्रहरीले अभियान नै चलाउन लागेको बताए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक डिएसपीले नेपालमा मानव बेचविखनको अवस्था, शैली र नियन्त्रणमा चालिने उपायहरुका बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । संस्थाका कार्यक्रम संयोजक मिरा भट्टराईले कार्यक्रमको उद्देश्यबारे बताएकी थिइन् ।
Comments