आग्नि पिडीतका लागि मेचीनगरले दीर्घकालीन योजना बनाउने
Published:
by .मेचीनगर । बिहीबार साँझ मेचीनगरको काँकरभिट्टामा भएको आगलागीको घटनाप्रति मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ ।
शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले दुःख व्यक्त गदैं अग्नि पीडित परिवारलाई तत्काल नगद १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ ।
नगरप्रमुख विमल आचार्यले दिएको जानकारीअनुसार बैठकले विभिन्न संघ–संस्थालाई पीडितलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गदैं संघीय तथा प्रदेश सरकार अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।
बैठकले नगरका विभिन्न ठाउँमा रहेका पेट्रोल पम्प, ठूल्ठूला डिपार्टमेन्ट स्टोर तथा पसल सञ्चालकहरुलाई आगो निभाउने मेसीन अनिवार्यरुपमा राख्न लगाउने निर्णय गरेको छ । यस्तै कार्वन रिफिल अपडेट गर्नसमेत भनेको छ ।
यसको प्रयोग गरे नगरेको हेर्नका लागि अनुगमन समितिसमेत बनाइने र बेलाबेला अनुगमन गर्ने नगरपालिकाले जनाएको छ । साथै आगो नियन्त्रणका लागि नगरपालिकामा रहेका विभिन्न साधनलाई चुस्त दुरुस्त राख्नेसमेत निर्णय भएको छ ।
गएराति काँकरभिट्टाको आगलागी नियन्त्रण गर्न मेचीनगरको दमकल बिर्तामोडको भन्दा ढिलो पुगेको भन्दै स्थानीष् बासिन्दा आक्रोसित भएका थिए । बैठकले हिजोको आगलागी नियन्त्रणका लागि सक्रिय बिर्तामोड, दमक र भद्रपुरका बारुण यन्त्रसहित स्थानीयवसाी, प्रहरीलगायत सबैमा नगरपालिकाको तर्फबाट आभार प्रकट गरेको छ ।
अग्निपीडितलाई दीर्घकालिन बसोबासका लागि नगरपालिकाले चाँडै सर्वदलीय बैठक बोलाएर थप निर्णय गर्र्ने नगरप्रमुख आचार्यले जानकारी दिएका छन् ।
Comments