Sajhamanch Archive

तामाङ घेदुङ संघको बिर्तामोड ९ मा नयाँ कार्यसमिति

Published: in समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ९ मा नेपाल तामाङ घेदुङ संघको नयाँ कार्यसमिति गठन गरिएको छ ।

बिर्तामोड ९ स्थित नेखाङ छ्योलिङ गुम्बा गरामनीमा आज भएको वडा भेलाले चन्द्रकला मोक्तान तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

घेदुङको उपाध्यक्षहरुमा गंगाबहादुर गोले, निर्मला मोक्तान, सचिव बीरबहादुर बल, सहसचिव नरेन्द्र मोक्तान र कोषाध्यक्षमा पदमबहादुर सिङ्गर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कमला योञ्जन, धनबहादुर घिसिङ, पूर्णबहादुर स्याङ्देन, तुलसा योञ्जन र दिलु गोले रहेका छन् । त्यसैगरी सल्लाहकारमा लक्ष्मीप्रसाद मोक्तान र रामबहादु बल चयन भएका छन् ।

घेदुङका बिर्तामोड नगर अध्यक्ष हस्तबहादुर लुङ्बाको अध्यक्षता तथा जिल्ला अध्यक्ष काजीमान घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घेदुङका प्रदेश सचिवालय सदस्य पदमबहादुर ग्याबक (देवराज), नेखाङ छ्योलिङ गुम्बाका अध्यक्ष चन्द्रमणि योञ्जन, किरात याक्थुङ चुम्लुङका वडा अध्यक्ष पबित्रा इङ्नाम, समाजसेवी एवं राप्रपाका नगर उपाध्यक्ष प्रकाश बुढाथोकी, घेदुङ नगर सहसचिव लक्ष्मीप्रसाद मोक्तान लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन घेदुङ नगर सचिव सूर्यमान पाख्रिनले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *