Sajhamanch Archive

मेची उद्योग वाणिज्य संघको चुनावः अध्यक्षका आ–आफ्नै दावी (भिडियोसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

मेचीनगर । आगामी शनिबार हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनका लागि १६ पदमा एकजना स्वतन्त्र उम्मेदवारसहित ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघमा १ हजार ३७५ मतदाता रहेका छन् ।

निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

निर्वाचनका लागि मंगलबार निक्कै तामझामका साथ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउने क्रममा विभिन्न राजनीतिक दलका प्रदेश, जिल्ला, क्षेत्र र नगरस्तरीय नेताहरुसमेत आफ्नो उम्मेदवारको समर्थनमा निर्वाचन समितिको कार्यालयमा पुगेका थिए ।

नेकपासहितको संयुक्त व्यावसायी प्यानलबाट उद्योग उपाध्यक्ष र महिला उपाध्यक्ष संघीय समाजवादी फोरमको भागमा परेको छ भने एउटा खुला सदस्य लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाललाई दिएको छ । बाँकी सवै पद नेकपाको भागमा छ ।

संयुक्त व्यावसायी प्यानलबाट ऋषिराज तिम्सिनालाई अध्यक्ष पदका लागि चुनावी मैदानमा प्रवेश गराएको छ । तिम्सिनाको प्रस्तावक प्रल्हादमणि ओली तथा समर्थकमा रोशन अग्रवाल छन् ।

वरिष्ठ उपाध्यक्षमा तेजराज प्रसाई, उद्योग उपाध्यक्षमा लक्षेन्द्रप्रसाद यादव (संघीय समाजवादी फोरम), वाणिज्य उपाध्यक्षमा गोपाल गुप्ता, महिला उपाध्यक्षमा मीरा कार्की (संघीय समाजवादी फोरम) र महासचिवमा भुपाल ओलीले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्यहरुमा बबिता पौडेल र अञ्जु थापाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा झलककुमार पौडेल, लीलानाथ आङदम्बे (लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपाल), दीपेन्द्रराज पाण्डे, ललितकुमार अग्रवाल, वीरबहादुर गजमेर, केपी शिवाकोटी, श्रीप्रसाद सिटौला र मानबहादुर गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

लोकतान्त्रिक गठबन्धनले वाणिज्य उपाध्यक्ष, एकजना महिला सदस्य तथा दुईजना खुला सदस्य गरी चार पद राप्रपालाई दिएको छ भने बाँकी सबै पदमा नेपाली काँग्रेसले आफ्ना उम्मेदवार खडा गरेको छ ।

लोकतान्त्रिक प्यानलले पुनीत वंशललाई अध्यक्षको उम्मेदवार बनाएको छ । वंशलको समर्थक विजय डालिमया र प्रस्तावकमा केशवराज पाण्डे छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा मोहन निरौला, उद्योग उपाध्यक्षमा किशोर क्षेत्री, वाणिज्य उपाध्यक्षमा कल्याण खड्का (राप्रपा) तथा महिला उपाध्यक्षमा बीना तामाङ र महासचिवमा ध्रुब कनालको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी महिला सदस्यमा शारदाकुमारी पराजुली (राप्रपा) र झुनादेवी बानियाँ, खुला सदस्यतर्फ रविचन्द्र नेपाल, भूमि पौडेल, ललितकुमार बोहोरा, सन्दिप ओली, उमानाथ सुवेदी, विपेन्द्र लामा, हुमनाथ बराल (राप्रपा), राजु पोद्दार (राप्रपा)को उम्मदवारी दर्ता भएको छ ।
खुला सदस्यमा भने श्रवणकुमार बानियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले आज बुधबार अपरान्ह ३ बजेसम्म उम्मेदवारको मनोनय फिर्ता लिने समय सीमा तोकेको छ ।

अध्यक्ष पदका उम्मेदवारले २० हजार रुपैयाँ मनोनयन शुल्क बुझाएर उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी, वरिष्ठ उपाध्यक्षले १२ हजार ५००, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, महिला उपाध्यक्ष तथा महसचिव पदका उम्मेदवारले ६ हजार ५०० रुपैयाँ र कार्यकारिणी सदस्य पदका उम्मेदवारले ३ हजार रुपैयाँ मनोनयन शुल्क निर्वाचन कार्यालयमा बुझाएका छन् ।

यस बाहेक हरेक उम्मेदवारले ३०० रुपैयाँ बुझाएर मनोनयन फारम खरिद गर्नुपर्ने व्यवस्था निर्वाचन समितिले गरेको थियो ।

मनोनयन दर्ता पश्चात अध्यक्ष पदका उम्मेदवार तिम्सिनाले नगरका हरेक उद्योगी व्यवसायीहरुको हक हित अधिकारलगायतका विषयमा आफ्नो उम्मेदवारी परेको प्रतिक्रिया दिए ।

‘मेचीनगर अब पहिलाको जस्तो छैन, बृहत बनेको छ । यो नगरलाई व्यावसायिक नगर बनाउन पनि मेरो उम्मेदवारी हो’ तिम्सिनाले भनेका छन् ‘हरेक व्यावसायीले आयात निर्यातका बखत भोग्नु परेको समस्या, नगरभित्रका पर्यटकीय स्थलको विकास, चारआलीमा रहेको कृषिमण्डी साथै पार्किङको समस्या नगरमा देखिएको शौचालयको समस्या हल गर्ने उद्देश्यका साथ मैले उम्मेदवारी दर्ता गराएको हुँ ।’

लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका वंशलले नगरको वृहत्तर विकासका लागि र यहाँका हरेक उद्योगी व्यवसायीहरुको हक हित अधिकारका लागि अहोरात्र सक्रिय हुने बताए । उनले उद्योगी व्यावसायीलाई सहजरुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्ने जिम्मेवारीसमेत पूरा गर्ने प्रतिक्रिया दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *