Sajhamanch Archive

अनसनरत थापाको समर्थनमा हजारौं युवा इलामको सडकमा

Published: in राष्ट्रिय समाचार, by .

इलाम । अनसनरत डाक्टर गोबिन्द केसीको माग नाजायज रहेको भन्दै पिक्षमा इलाममै अनसन बसेका विजय थापाको समर्थनमा आज झापा र इलामका युवाले जुलुस र कोणसभा गरेका छन् ।

स्वतन्त्र युवाको समूहले इलाम बजार टुँडिखेल हुँदै महेन्द्र क्याम्पस बाट टेम्पो बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विजय थापाको अनसनमा ऐक्यवद्धता जनाउन झापाबाट इलाम आएका युवा भिष्म पौडेल र इलामका इश्वरी तामाङले कोणसभामा सम्बोधन गरेका थिए ।

एक हजार जनाभन्दा बढीको संख्यामा भेला भएका विजयका समर्थनहरुले चिकित्सा शिक्षा तथा स्वास्थ विधेयक पारित गर, बङलादेशबाट फर्किने क्रममा जहाजमा जलेर मृत्यु हुने १८ जना विद्यार्थीका परिवारलाई क्षतिपूर्तिको ब्यबस्था गर, सरकारी तलब खाएर अनसनको नाममा राजनीति गर्नेलाई कारवाही गरजस्ता नारा लगाएर युवाले नगर परिक्रमा गरेका थिए।

यसैबीच, चार दिनदेखि आमरण अनसनमा रहेको थापाको स्वास्थमा केही समस्याहरु देखापर्न थालेको छ। सोमबार बिहान डाक्टरले विजयको स्वास्थ परीक्षण गरेका थिए । डाक्टरले थापालाई अस्पताल भर्ना हुन सुझाव दिए पनि थापा भने अस्पताल नजाने दृढतामा छन् । इलाम बजारमा अनसनमा बसेका थापाको ऐक्यवद्धतामा ठूलो संख्यामा युवा सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *