Sajhamanch Archive

देवकोटाका विद्यार्थीलाई स्वीटर र स्टेशनरी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका ९ मा रहेको देवकोटा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

झापा चेम्बर अफ कमर्सले सो विद्यालयका ८० जना विद्यार्थीलाई स्वीटर तथा ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो।

विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा चेम्बरका प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्रकुमार घिमिरेले उक्त सामग्री प्रदान गर्दै सामुदायिक विद्यालयको स्तर उकास्न निजी क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत मन्तब्य राखेको शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द रेग्मीले सहयोगी हातहरु लाई धन्यवाद दिए ।

सो अवसरमा प्रधानाध्यापक रेग्मीले आफ्नो विद्यालय नगरपालिका भित्र रहेको भए पनि विविध समस्याहरु रहेकोले सबैले आवश्यक सहयोग गरेमा गरिव तथा विपन्न बालबालिकाले गुणस्तरीय शिक्षा पाउने अपेक्षा सुनाए ।

सो कार्यक्रममा चेम्बर अफ कमर्श झापाका पदाधिकारी एवम् सामाजिक कार्यकर्ताहरुको सहभागिता थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *