Sajhamanch Archive

सरस्वती माविमा प्रहरीको चेतनामूलक कार्यक्रम

Published: in समाज by .

मेचीनगर । विद्यालय स्तरदेखि नै आपराधिक गतिविधि तथा लागु औषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले आज सरस्वती माध्यमिक विद्यालय बाहुनडाँगीमा विद्यार्थीहरुबीच चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखा कार्यालयले स्कूल सम्पर्क कार्यक्रमसहित कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसन सम्बन्धी जनचेतनासहित साइवर अपराध, ट्राफिक नियमका बारेमा कक्षा ८, ९ र १० का ८० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुर र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखाका प्रहरी नायव निरीक्षक किशोरकुमार श्रेष्ठले लागूऔषध भनेको के हो ? लागूऔषध तथा मादक पदार्थको दुव्र्यसनबाट बच्ने उपायहरु, यसका असरहरु तथा कानूनी परिणाम लगायतका विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।

प्रहरी निरीक्षक ठाकुरले लागूऔषध सम्बन्धी दण्ड सजायका बारेमा जानकारी समेत गराएका थिए । लागूऔषधको मात्रा र प्रयोजन अनुसार ३ महिनादेखि जन्मकैद तथा ३ हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वा दुवै पनि हुन सक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *