प्रचण्डको परिवार नै भाइरलको समस्यामा
Published:
by .भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएको राससले जनाएको छ ।
चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुईरतीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहेका छन् । अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै आफू चाँडै स्वस्थ्य हुने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी तीन दिनदेखि सुमेरु अस्पतालमै उपचारत अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्यमा पनि उल्लेख्य सुधार भएको र चाडै उनी निवास फर्कने प्रेस संयोजक सापकोटाले जानकारी दिए ।यसैबीच खानेपानी मन्त्री बिना मगरको स्वास्थ्यमा समस्या देखिएको छ ।
रुघाखोकी र भाइरल ज्वरोले सताएपछि मन्त्री मगरलाई सोमबार राति ललितपुर धापाखेलस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ ।
मन्त्री मगरको अहिले उपचार जारी छ रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ । मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मौसमी भाइरलका कारण प्रचण्डका नाती पनि बिरामी परेका छन् ।
Comments