नेकपाका कार्यकर्ता पनि डोलेको घर बनाउन सहयोग लिएर आए
Published:
by .गरामनी । झापाको बिर्तामोड नगरपालिका वडानम्बर ९ का अपाङ्ग डोलेश्वर राजवंशीको घर निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टीका नेता र व्यावसायीहरुले जस्तापाता सहयोग गरेका छन् ।
आवास निर्माण समितिका संयोजक प्रकाश बुढाथोकी, सचिव प्रदिप संग्रौला लगायतलाई निर्माण सहयोग स्वरुप तीन बण्डल जस्तापाता हस्तान्तरण गरिएको हो ।
घर निर्माणास्थलमा पुगेर जस्तापाता र नगद हस्तान्तरण गरेका हुन् । नेकपाका नेता ठगबहादुर खड्काले स्थानीय युवाको सक्रियतालाई सहयोग गर्न तयार आफू उत्साहित भएकाले अर्थ संकलन गरी जस्तापाता किनेर ल्याएको बताए ।
यस्तै अर्कादाता अरुण श्रेष्ठले सबैको साथ पाएकै कारण राजवंशीको घरको लागि आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउन आफूहरु सफल भएको अवगत गराए । उनले आगामी दिनमा सकेको थप सहयोग गर्न आफूहरु पछि नहट्ने दृढता जनाए ।
गत पुस २५ गतेदेखि राजवंशीको आवास निर्माण सुरु गरिएकोमा हालसम्म बिर्तामोड नगरपालिकासहित विभिन्न संघ–संस्था र व्यक्तिहरुले गरेको सहयोगलाई रकममा जोख्दा दुई लाख ५० हजार भन्दा धेरै संकलन भइसकेको अभियन्ता सरोज पौडेलले बताएको छन् ।
Comments