बिर्तामोडमा एक्टिभ नाइन समूह बनाएर नौमति बजाउँदै युवा (भिडियो फुटेज)
Published: (Updated: )
by .बिर्तामोड । परम्परागत नौमति बाजाको संरक्षण गर्दै यसप्रति युवापुस्ताको रुचि जगाउने एवम् बाजा प्रशिक्षरण गर्नै लक्ष्यका साथ यहाँका नौजना युवाले नयाँ अभियान सुरु गरेका छन् ।
समाज रुपान्तरणका केही गरौं भन्ने अभिलाषा बोकेका नौजना युवा व्यवसायीले एक्टिभ नाइन नामक संस्था स्थापना गरी पहिलो प्रयास स्वरुप नौमति बाजाको संरक्षण अभियान सुरु गरेका हुन् । आज बिर्तामोडमा समूहले पत्रकार सम्मेलन गरी एक्टिभ नाइनको लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराएको हो ।
आज संस्थापकहरुले नौमति बाजा बजाएर आफ्नो समूह यसको संरक्षणमा निरन्तर लाग्न सक्ने संकेत पनि गरे । अध्यक्ष गोविन्द निरौलाले टेम्को, सचिव भानुभक्त खनालले नरसिंहा, सदस्यहरु सुरेश खतिवडाले झ्याम्टा र अर्जुनबहादुर थापाले नगरा बजाएर पत्रकार सम्मेलनमा आफ्नो कला प्रस्तुत गरेका थिए ।
यस्तै एक्टिभ नाइनका सदस्यहरु मिलन ढकालले दमाहा, बिनोद दाहालले सहनाई, पुण्यप्रसाद खतिवडाले नरसिंहा, रोहितकुमार भट्टराईले सहनाई र झरेन्द्र खतिवडाले ढोलक बजाएर व्यवसायिक क्षेत्रमा पनि आफूहरु सक्षम रहेको संकेत गरे ।
(हेर्नुहोस् संगैको भिडियो फुटेज)
नाैमति बाजा संरक्षणा जुट्याे एक्टिभ नाइन
Posted by SajhaManch.com on Monday, 4 February 2019
समूहका अध्यक्ष गोविन्द निरौलाले प्रेस विज्ञाप्ति वाचन गर्दै नौमति बाजाको प्रयोग बढ्दै गइरहको सन्दर्भमा बाजा बजाउने मान्छे घट्दै रहेकाले यसको मौलिकता बचाइ राख्न एक्टिभ नाइनले प्रयास थालेको बताए ।
चारपानेका रामचन्द्र दर्नाल र नरेन्द्र दर्नालबाट प्रशिक्षण लिएर बाजा बजाउन सिकेका उनीहरुले विशेष कार्यक्रमको अवसरमा आफूहरु नै नौमति बाजा बजाउन जाने जानकारी गराए । एक्टिभ नाइनका सदस्यहरु सबै कुनै न कुनै व्यवसायमा रहेकाले सधैं समय दिन नसक्ने भएकाले बाजा प्रशिक्षण केन्द्रबाट जनशक्ति उत्पादन गर्ने सदस्य रोहित भट्टराइले बताए ।
एक्टिभ नाइनले डेढ लाख रुपैयाँ खर्चेर बाजाहरु खरिद गरेको तथा पहिरन एवम् तालिममा त्यत्तिनै खर्च भएको सचिव भानुभक्त खनालले बताए । उनकाअनुसार व्यावसायिक रुपमा बाजा बजाउन चाहानेले एक्टिभ नाइनलाई दिनको ३० हजार रुपैयाँदेखि माथि पारिश्रमिक दिनु पर्नेछ ।
Comments