सहरेडाँगीको विचार चौतारीमा नयाँ नेतृत्व
Published:
by .मेचीनगर । विचार चौतारी युवा क्लव सहरेडाँगीले आप्नो प्रथम वार्षिक साधारणसभामा शनिबार एक पत्रकारसहित ५ जनालाई सम्मान गरेको छ ।
पत्रकारिता क्षेत्रबाट समाजमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विवेचना दैनिकका पत्रकार तीर्थ तिम्सिनालाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको छ । यस्तै क्लवका सक्रिय सदस्य बिनोद श्रेष्ठ, कविता उप्रेती, रविन बस्नेत र समाजसेवी भुपेन्द्र न्यौपाने सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष नरेन्द्र धिमालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडाध्यक्ष धिमालले क्लव स्थापनाको छोटो समयमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको र स्थानीयस्तरमा सामाजिक कार्य गर्दै आएकोले आफूले सक्ने सहयोग गर्ने बताए ।
संस्थाका उपाध्यक्ष लक्ष्मी सिग्देलले भावी कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मुना मिश्रले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
साधारणसभाले एक वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा लक्ष्मी सिग्देल, महासचिवमा उमेश खतिवडा र कोषाध्यक्षमा शिक्षा घिमिरे चयन भएका छन् ।
त्यस्तै समितिको कार्यकारिणी उपाध्यक्षमा उत्सव भट्राई, शुष्मा घिमिरे, उपाध्यक्षमा विशाल अधिकारी, देवेन्द्र मिश्र, पुनम मिश्र र सचिवमा बिनोद श्रेष्ठ, विवस तिम्सिना र कविता उप्रेती सर्वसम्मत चयन गरिएको छ ।
जेसीजको जस्तो प्रत्येक वर्ष पद हस्तान्तरण गर्दे लैजाने समेत बताइएको छ । नविन खतिवडाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उमेश खतिवडाले गरेका थिए ।
Comments