Sajhamanch Archive

राष्ट्रिय हक्की प्रतियोगिताः फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश

Published: in खेलकुद by .

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टीमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरिएको छ ।

नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको थियो । लिग चरणमा आर्मीले तीन खेल जित्दै ९ अंक प्राप्त गरेको छ । गण्डकीले दुई खेल जित्दै ६ अंक, सुदुरपश्चिमले ४ अंक र प्रदेश १ ले २ अंक प्राप्त गर्दै सेमीफाइनमा प्रवेश गरेका हुन् ।

आजको पहिलो सेमीफाइनल खेलमा आर्मी र प्रदेश १ बीच भएको थियो भने दोस्रो सेमीफाइनल गण्डकी र प्रदेश ७ बीच भएको थियो । मेची रंगशाला भद्रपुरमा आज मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा प्रदेश १ लाई १–३ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी हँदै फाईनलमा प्रवेश गरेको छ ।

आर्मीका तर्फबाट राम साह, २ र सत्यनारायण चौधरीले १ गोल गरेका थिए । प्रदेश १ का अनिश मगरले एक गोल फर्काए । पहिलो सेमीफाईनल खेलको म्यान अफ म्याच प्रदेश १ का शशि दर्लामी घोषित भए ।

?

त्यस्तै दोस्रो खेलमा प्रदेश ७ लाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले फाइनलको यात्रा सुरिक्षत गरेको छ । गण्डकीका तर्फबाट श्रवण कुमार र प्रदेश ७ को तर्फ बाट सुरेश प्रसादले एक–एक गोल गर्दै निर्धारित समय बराबरीमा सकिएको थियो ।

गण्डकीका तर्फबाट श्रवण कुमार, सागर आचार्य, प्रवेश खनियाँ, बहादुर मगर र रोमन राणाले गोल गरेका थिए । प्रदेश ७ को तर्फबाट सुरेशप्रसाद जोशी, कान्तुराम पनेरु र राजेन्द्र कार्कीले मात्र गोल गर्न सफल भएका थिए ।

दोस्रो सेमीफाईनल खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशका किशनबहादुर थापा मगर घोषित भए । तेस्रो स्थानका लागि प्रदेश १ र प्रदेश ७ बिच हुने छ । फाइनल खेल नेपाल आर्मी र गण्डकी प्रदेश बिच हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएकोे प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *