Sajhamanch Archive

बिर्तामोडमा खोलिँदै चिकन स्टेसन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । कुखुराको मासुको परिकार मन पराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ ।

बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश भारती, नगेन बुढाथोकी, नितेश मिश्र र विन्दु गुरुङको लगानीमा झापाको बिर्तामोडमा चिकन स्टेसन सञ्चालनको तयारी अन्तिम पुगेको छ । सञ्चालक राईका अनुसार बिर्तामोडको रेस्टुरेन्ट यही फागुन १४ गतेबाट सञ्चालनमा आउनेछ ।

त्यस्तै, पाँच जनाकै लगानीमा झापाको दमक र मोरङको बेलबारीमा वैशाखबाट चिकन स्टेसन सञ्चालनमा आउने भएको राईले बताए । प्रत्येक रेस्टुरेन्टमा ४० लाख रुपैयाँ लगानी गरिएको बताइएको छ ।

संघीय राजधानी काठमाडौँबाहिर पूर्वमा पहिलोपटक सञ्चालनमा आउन लागेको चिकन स्टेसनमा एक किलो ४०० ग्रामको जिउँदो ब्रोइलर कुखुरा मात्र प्रयोग गरिन्छ । चिकन स्टेसनमा चिजबल्स, चिकन छोयला, चिजा, ट्विस्टर, ग्रिल्ड, बर्गर लगायत दर्जनौँ परिकार उपलब्ध हुने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *