Sajhamanch Archive

जापान जान चाहाने विद्यार्थीलाई ग्लोबल पीसमा सेमिनार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

झापा । अध्ययनका लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई भाषा तालिम एवम् भिजा सर्भिस प्रदान गर्दै आएको बिर्तामोडस्थित ग्लोबल पिस इन्टरनेशनल एजुकेशन एकाडेमीले मंगलबार एक दिने सेमिनार गरेको छ ।

करिब १०० जना विद्यार्थहरु सहभागी भएको सेमिनारमा झापासहित इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायत जिल्लाबाट इच्छुक विद्यार्थीहरु सहभागी भएको सञ्चालक दिपक गौतमले बताए ।

विशेषतः जापान जान चाहने विद्यार्थीका लागि फुजी इन्टरनेशनल एकाडेमीका मार्केटिङ म्यानेजर जनार्दन प्याकुरेलले जाने प्रक्रिया, नियम–कानूनी, रहनसहन लगायतका विषयमा जानकारी दिएका हुन् ।

‘अन्य देशका तुलनामा जापान जान कम लागत लाग्नुका साथै हावापानी मिल्छ’, प्याकुरेलले भने, ‘अध्ययनका साथै विद्यार्थीले हप्तामा २८ घण्टासम्म काम गर्न पनि पाउँछन्, युरोपिन मुलुकमा भने २० घण्टा भन्दा बढी पाइँदैन ।’

जापानमा अध्ययनसँगै काम गर्ने वातावरण राम्रो भएकाले पनि विद्यार्थी आकर्षण बढ्दै गएको उनको भनाइ छ । नेपालबाट आईटी सेक्टरको अध्ययनका लागि जापान जान चाहने विद्यार्थी बढी रहेको प्याकुरेलले सुनाए ।

संस्थाले हालसम्म ३०० भन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि जापान पठाइसकेको सञ्चालक प्रदीप सिलवालले बताए । संस्थाले अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई परामर्श दिनुका साथै भाषा प्रशिक्षण, भिषा प्रोसेसिङ लगायतको सेवा प्रदान गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *