मेलम्चीको समस्या समाधान गर्न सरकार प्रतिवद्धः मन्त्री मगर
Published:
by .काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई सरकारले निकै गम्भीरतापूर्वक हल गर्न खोजिरहेको बताएकी छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ११औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी हुन् ।
मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको पनि मन्त्री मगरको भनाई छ ।
“मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिए पनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन्” मन्त्री मगरको विश्वमस छ ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे । मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने सुझाव दिए ।
Comments