Sajhamanch Archive

उद्यमशील जागरण महिला केन्द्रमा अग्र्यानिक सागसब्जी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

कमल । यहाँस्थित उद्यमशील जागरण महिला केन्द्रले उत्पादन गरेको अग्र्यानिक सागसब्जी शनिबारदेखि बिक्री गर्न सुरु गरेको छ ।

सामुहिकरुपमा १० कठ्ठा जमिन भाडामा लिएर उद्यमशील जागरण महिला केन्द्रले फूलकोपी, धनियाँलगायतका सब्जी खेती गरेको हो ।

विषादीयुक्त सागसब्जी बजारमा खुल्लमखुल्ला बिक्री भइरहेको अवस्थामा केन्द्रले आफ्ना सदस्य परिवारलाई लक्षित गरी अग्र्यानिक सब्जी उत्पादन सुरु गरेको केन्द्रका अध्यक्ष शान्ता दाहालले बताइन् ।

केन्द्रका सदस्यहरुलाई अग्र्यानिक उत्पादनमा लाग्न प्रेरित गर्ने उद्देश्यले जमिन भाडामा लिएर भए पनि सब्जी खेती सुरु गरेको अध्यक्ष दाहालको भनाई छ । आजबाट अग्र्यानिक सागसब्जी बिक्री सुरु गरिएको मात्र होइन, जागरण थालिएको पनि अभियन्ताको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *