Sajhamanch Archive

१० दिने उद्यम विकास तालिम सकियो

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

कमल । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा १० दिने उद्यम विकास तालिम आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिकामा रहेका व्यवसायी र व्यवसाय गर्न चाहाने युवालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

तालिममा सहभागीलाई व्यवसाय के हो ? व्यवसायको दर्ता प्रक्रिया, व्यवसाय छनौटका आधार के के हुन्, व्यवसायका जोखिम, चुनौती र अवसर, बैंकिङ प्रक्रिया, सफल उद्यमीका विषेशतालगायतका विषयमा प्रशिकक्षक द्वय वरिष्ठ उद्यम विकास सहजकर्ता चीनमाया तामाङ्ग र हर्कबहादुर विकले सहजीकरण गरेका थिए ।

कमल गाउँपालिका ५ स्थित पाथीभरा कभर्डहलमा भएको तालिम समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्रप्रसाद मिश्रले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न सहभागीलाई सुझाव दिएका थिए ।

सो अवसरमा कमल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर निरौलाले यस किसिमका तालिमले व्यवसाय सञ्चालकलाई आफूले कस्तो व्यवसाय सुरु गर्नुपर्ने रहेछ, बजारको माग के छजस्ता कुराहरुको ज्ञान भएकोले तालिम उपलब्धिमुलक भएको बताए ।

तालिम समापनका अवसरमा सहभागीहरुका तर्फबाट रामप्रसाद नेपाल र मोनिका राईले १० दिनसम्म सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता सुनाउँदै यस्तो तालिम समय समयमा हुनुपर्ने बताए ।  समापन कार्यक्रमको सञ्चालन बालकृष्ण दाहालले गरेका थिए ।

तालिममा कमल गाउँपालिकाका २ महिला र १५ जना पुरुष गरी १७ जनाको सहभागिता थियो । चालू आर्थिक वर्षमा कार्यालयले बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका र कमल गाउँपालिका गरी १८० जनालाई तालिम दिइसकेको र बाँकी गाउँपालिकामा क्रमशः तालिम सञ्चालन गरिने कार्यालय प्रमुख मिश्रले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *