Sajhamanch Archive

दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

जनकपुरधाम । धनुषामा दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको मिथिला नगरपालिका वडा नं तीन हरिहरपुर स्थित मगरटोलमा बोल्न नसक्ने ११ बर्षिया रेश्मा भनिने दुतिया रसाईलीको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं। ४ बैंगाली टोल घर भएका २२ वर्षिया निरन भन्ने निरज जर्घा मगर हाम्ली डन रहेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।

उनका अनुसार प्रहरी अनुसन्धानको क्रममा सशंकित व्यक्तिहरुको खोजतलास गर्ने क्रममा भारततर्फ लुकिछिपी भाग्ने लागेको क्रममा धनुषाको बिदेह नगरपालिकाबाट अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ।

यसरी भयो बालिकाको बलत्कारपछि हत्या गत फागुन १ गते मिथिला नगरपालिका वडा नं. ३ स्थित अभियुक्तको मामाघरमा एक विवाहको भोजमा कार्यक्रम पश्चात आयोजित नाचगानको क्रममा लाइन कटेको मौका पारेर चाउचाउ र मिठाइ दिएर फकाइ फुल्याई खोलाको बाटो हुँदै बालिकालाई २ किलोमिटर टाढा उखु खेतमा लगिएको थियो।

सोही क्रममा अभियुक्तले ल्याएको चाउचाउ र फ्रुटी खान दिएर जबरजस्ती करणी गरेपछि गाउँमा गएर पोल खोल्ने डरले बालिकालाई घाँटी थिचेर हत्या गरेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरी उपरिक्षक खनालले भने, अभियुक्तले पहिलेदेखि नै अपराधिक क्रियाकलाप गर्दै आएकोमा उक्त राति रक्सी, लागू औषध र गाँजा समेत खाएको अनुसन्धानमा देखिएको छ।

यसरी बालिकाको पहिल्यै बलत्कार र घाँटी थिचेर हत्यापछि लाशलाई लुकाउने तथा फिंगर प्रिन्ट लगायतका प्रमाणहरु नष्ट गर्ने अभिप्रायले शवमाथि सुकेको उखुको पात र बालिकाको कपडा राखी आगो लगाएको देखिन्छ ।

यी सबै घटनापछिसमेत अभियुक्त जर्घा मगरले पुनः सोही विवाहको नाचगानमा सहभागी भई साढे ११ बजे आफ्नो मामा घरमा गएर सुतेको र भोलि पल्ट शव जलाएको ठाउँमा पुगेर १० बजे गाउँबाट भागेको प्रहरी उपरिक्षक खनालको भनाइ छ।

अभियुक्तको पृष्ठभूमि बालिका बलत्कार तथा हत्याका अभियुक्त निरन भन्ने निरज जर्घा मगर हाम्ली डन लाई यसअघि पनि केटी जिस्क्याएको तथा चोरीको आरोपमा ईलाका प्रहरी कार्यालय धनुषाले कारबाही गरेको थियो।

यसैगरी सार्वजनिक अपराधमा प्रहरी बृत कालीमाटी काठमाडौंको कारबाहीबाट ३ महिना केन्द्रिय कारागारमासमेत सजाय भुक्तान गरेको देखिन आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *