भद्रपुरमा कैदीबन्दी आन्दोलित, कारागार प्रशासन प्रमुख फेरिए
Published:
by .भद्रपुर । यहाँस्थित जिल्ला कारागार झापाका कैदीबन्दी कारागार प्रशासन विरूद्ध आन्दोलित भएका छन् । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदीबन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् ।
प्रशासक दाहालले कैदीबन्दी माथि शोषण गरेको, विभिन्न बहानामा कैदीबन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको लगायतका आरोप लगाउँदै आन्दोलनमा उत्रेका हुन् । बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले दिएको जानकारी अनुसार प्रशासक दाहालले अमानवीय व्यवहार बढाएका कारण कैदीबन्दी आन्दोलित हुनु परेको हो ।
कैदीबन्दीको आन्दोलन र मागबारे तत्कालै जिल्ला सुरक्षा समितिको बैठक बसेर सम्बोधन गर्ने प्रयास थालेको छ । सुरक्षा समितिले कैदीबन्दीको आन्दोलन रोक्न आग्रह गर्दै तत्कालका लागि कारागार प्रमुख राजु दाहाललाई प्रशासनमा फिर्ता बोलाएर सो ठाउँमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चुडाराज भट्टराईलाई पठाएको छ ।
Comments