Sajhamanch Archive

हात्तीपाइले रोगको संक्रमण दरमा कमी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कञ्चनपुर । कञ्चनपुरमा हात्तीपाइले रोगको संक्रमण दरमा कमी आएको छ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार १८ प्रतिशतले हात्तपाइले रोगको संक्रमण दरमा कमी आएको हो।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किट्जन्यरोग अधिकृत हेमराज जोशीले हात्तीपाइलेको संक्रमण दर बढ्दो रुपमा रहेकोमा घटेर २.७८ प्रतिशतमा झरेको बताए।

सन् २०१३ देखि कञ्चनपुरमा नियमित हात्तिपाइले रोग बिरुद्धको औषधी खुवाइँदैछ। सन् २०१३ मा ७७.३८ प्रतिशत नागरिकले हात्तीपाइले बिरुद्धको औषधि सेवन गरेका छन् ।

सन् २०१४ मा ७०.८६, सन् २०१५ मा ५७.९२, सन २०१६ मा ७६.३१, सन् २०१७ मा ७६.३१, सन् २०१७ मा ७६.७८ र सन २०१८ मा ७३.३५ प्रतिशतले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका छन्। चालु आबमा कञ्चनपुरमा झण्डै साढे चारलाख मानिसलाई औषधि खुवाइनेछ।

किट्जन्यरोग अधिकृत जोशीका अनुसार फागुन १५ गतेदेखि जिल्लाभरि औषधि खुवाइने छ।

दुई गाउँपालिकासहित सात नगरपालिकामा एकसाथ औषधि खुवाइने छ। यसवर्ष स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने योजना रहेको छ।

दुई वर्षदेखि पाँच वर्ष उमेर समुहलाई एक चक्की डीइसी र एक चक्की अबलेन्डाजोल, छ वर्षदेखि १४ वर्ष उमेर समूहकालाई २ चक्की डीइसी र एक चक्की अबलेन्डाजोल र १५ वर्ष माथिकालाई तीन चक्की डीइसी र एक चक्की अबलेन्डाजोल खुवाइने छ।

इपिडेमिलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारण कार्यक्रमले कैलाली र कञ्चनपुरमा अझै पनि रोगको संक्रमण रहेकाले यस वर्ष पनि खुवाउन लागेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *