Sajhamanch Archive

बाँकेका ७२ वर्षे यादवको ट्युमर बिएण्डसीले निशुल्क फालिदिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बिर्तामोड । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ६ दोन्द्राका ७२ वर्षीय मुलायम यादवको गालामा पलाएको ट्युमरको शल्यक्रिया बिर्तामोडको बि एण्ड सी टिचिङ अस्पतालले निशुल्क गरिदिने भएको छ ।

खर्च अभावमा यादवले उपचार गर्न नसकेको आशयसहितको समाचार सञ्चारमाध्यममा पढेपछि बि एण्ड सी टिचिङ अस्पताल प्रसाशन यस्तो निर्णयमा पुगेको हो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बिरामी यादव उपचारका लागि घरबाट बिर्तामोडतर्फ निस्किएदेखि शल्यक्रिया गरी घर लगेर पुर्याउने सम्मको सबै काम र आर्थिक व्ययभार अस्पतालले बेहोर्ने बताएका हुन् ।

‘पाँच वर्षको उमेरमा नै आमाबुबा गुमाएका ट्युमर पिडीत यादव १० वर्षको उमेरदेखि नै गालामा ट्युमर बोकेर बसेका छन् । यस्तो विषयमा थाहा पाएपछि अस्पताल प्रशासन उनको निशुल्क शल्यक्रियासहित उपचार गर्ने निर्णयमा पुगेको हो’ कार्यकारी निर्देशक प्रसाईको भनाई छ । यस्तो सेवा अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत पनि पर्दछ ।

निर्देशक प्रसाईले बाँके जिल्लाबाट पूर्वको झापा आउन ट्युमर पिडीत यादवलाई सुझाव दिँदै उपचारमा जतिनै खर्च लागे पनि सबै अस्पतालले बेहोर्ने कुरामा ढुक्क रहन उनका आफन्तलाई आग्रह समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *