Sajhamanch Archive

एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

कपिलवस्तु । कपिलवस्तुमा एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्।

शनिबार दिउँसो कपिलवस्तु नगरपालिका एक स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका तीन वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको हो।

शिक्षक नियुक्त गरिदिने भन्दै एक लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *