Sajhamanch Archive

डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

डोल्पा । डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकारमा छ। जिल्लाकै मुख्य बजारको रूपमा परिचित दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो गएकाले विद्युत आपूर्ति बन्द भएको हो।

विद्युत आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकारमा स्थानीय ओमेन्द्र केसीले बताए।

उनका अनुसार विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटरमाथिबाट खसेको सुख्खा पहिरोको कारण ६० मिटर नहर भत्किएको छ।

पहिरोका कारण नहरमा गाडिएका फलामे पाइप भाँचिएका छन्। पहिरो पन्छायर विद्युत सेवा सुचारु गर्न करिब एक महिना लाग्ने स्थलगत अनुगमनमा पुगेका सरोकारवालाले बताएका छन्।

भरपर्दो विद्युत नहुँदा जिल्ला प्रशासन, जिल्ला अदालत, जिल्ला प्रहरी, जिल्ला कारागार लगायतका जिल्लाको शान्ति सुरक्षा कायम गर्न अधिकार प्राप्त तथा संवेदनशील कार्यालयमा पनि विद्युत आपूर्ति नहुँदा समस्या हुने गरेको छ।

दुई सय किलोवाट क्षमताको विद्युत् आयोजना रहेको भएता पनि एक वर्षमा दुई महिना पनि ढुक्कसँग बिजुली बत्तीको उज्यालो महसुश गर्न नपाएको दुनैबासीले दुखेसो पोखे।

तत्काल सबै निकायको बैठक बसी अनुदान र जनश्रमदानबाट विद्युत सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बडाउने ठूलीभेरी नगरपालिका तीनका वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले आश्वासन दिए।

विद्युत अवरुद्ध भएको फाइदा उठाउँदै स्थानीय ब्यापारीहरूले एउटा फोटोकपीको बिस रुपैया, इमेल सेवाको पचास र चारप्रति फोटो निकालेको चार सयसम्म लिइरहेका उपभोक्ताले गुनासो गरेका छन्।

विद्युतीय कामकाजमा जेनेरेटर र सोलारको प्रयोग गरेको बताउँदै सर्वसाधारणबाट चर्को शुल्क लिन थालेपछि सर्वसाधारण मर्कामा परेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *